logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

विप्लव कास्की नेता बिजयले गरे पार्टी परित्याग, म कुनै जिम्मेवारीमा छैन


  • राजनीति न्युज डेक्स
  • बिहिबार, माघ २३ २०७६

पोखरा – बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटीमा इमान्दार युवा नेता बिजय अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन । जिल्ला कमिटि सदस्य एबम अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक समेत रहिसकेका अधिकारीले पाटी परित्याग गरेको घोषणा गरेका हुन।

‎उनले आइतबार हस्तलिखित एक प्रेस बिज्ञप्ति जारी गर्दै आजैका मितिदेखि आफू पाटी र सङगठनको कुनैपनि जिम्मेवारीमा नरहेको जानकारी दिएका छन् । उनी पाटी निकटकै स्वास्थ्य तथा सरसफाइ सङगठनका केन्द्रीय संयोजक समेत रहेका थिए। उनी पुर्ब जनमुक्ति सेनाका प्लाटुन भिसी हुँदै दुई लाइन संघर्षमा बैद्य हुँदै बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय थिए।

पेट सम्बन्धि रोगबाट पीडित अधिकारीको छ महिनाको बिचमा दुई वटा सल्यक्रिया गरिएको परिवारिक स्रोतले जनाएको छ। शुरुमा एपेन्डिक्स र त्यसको लगत्तै तिहारको मुखमा पित्तको अपरेशन गरिएको बताइएको छ ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटिमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीको नजरमा तारो बन्दै आएका नेता अधिकारीले लगातारको स्वास्थ समस्या र पारिवारिक तनाबको सामना गरिरहेका थिए।

उनले पार्टी प्रतिबन्धित भएको अवस्थामा शुरुमा पार्टीले सबै सहयोग गर्ने बचन दिए पनि खासै सहयोग नगरेको र आफुले आफन्तको घरमा शरणार्थीको रुपमा बसेर नियमित रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गरिरहेको गुनासो गरेका छन्। उनले यही बिचमा आफुले पारिबारिक रुपमा चरम आर्थिक संकट व्यहोर्नु परेको तीतो यथार्थ व्यक्त गरे।

पार्टी पंक्ति र संगठनमा निकै इमानदार र लोकप्रिय नेताका रूपमा छबि बनाएका युवा नेता अधिकारीले अबको दिनहरुमा स्वतन्त्र रुपमा रही आफ्नो जिविकोपार्जनको काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार