logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनयु”द्ध सम्झाउने जनवादी बिबाह !


  • राजनीति
  • बिहिबार, माघ २३ २०७६

जनवादी बिबाह  माओ’वादी यु’द्धकालमा एक भब्यत नमुना बन्दथ्यो । जसको बिबाहमा कम समय र खर्च कम हुने गर्दथ्यो त्यसलाइ बढी आदर्श र उदाहरणीय जनवादी विवाह मानिन्थ्यो  ।  तर समय बदलिदै गयो माओ’वादी शान्ति प्रक्रिया भन्दै संसदीय र सत्ता सम्म पुग्दा ठिक उल्टो भएको छ बढी तामझामका साथ गरिने बिबाह प्रती ठुला ठुला नेताहरुको नै आकर्षण बढ्दै गयो । फलस्वरूप जनवादी सस्कृती कमजोर बन्दैगयो, जनवादी विवाहको शैली पनि हराउँदै गाएव जस्तै भयो ।

आजको अवस्थामा जनवादी विवाह काल्पनिक  कथा जस्तै बन्न पुगेको छ । यहासम्मकी जनवादी विवाह प्रशिक्षण दिने  नेताहरु नै आफ्ना आफन्तको विवाह पाँचतारे होटलमा भव्य रुपमा मनाउन पुगेकाछन ।

तर  बिहिवार भने पुराना माओ’वादीकै दुरुस्तै शैलीमा शहर बजार देखी धेरै पर डडेल्धुराको एक ज’ङ्गलको छेउमा रातो झन्डा फहराएर एक जोडी बिबाह बन्धन्मा बाधिएकाछन । यस्तो बिबाह गर्ने जोडी सिर्जना सिंह र सत्या शाही हुन । उनिहरु दुबै जना नेत्र बिक्रम चन्द वि’प्लव नेतृत्वको नेकपा निकट युवाका जिल्लास्तरीय नेताहरु हुन । विवाह कार्यक्रममा विप्’लव नेकपाका केन्द्रिय नेता निर्माणको बिशेश उपस्थिति रहेको थियो उनले बधाइ तथा शुभकामना दिए रहेका थिए ।

देशमा राजनीतिक र सांस्कृतिक प्रतिक्रा’न्ति भएको भन्दै नेकपाले बिद्रो’ही संघ’र्ष गरिरहेको छ ।  दलाल पुजीवादी संस्कृति हाबी हुदै गएको र साम्राज्यवादी बि’कृत संस्कृतिकाे बाेलवाला हुदै गएको बेला एकीकृत ज’नक्रा’न्तिमा लामबद्ध भएका युवा जाेडी तथा क्रा’न्तिकारी याे’द्धा  सृजना सिह र  सत्य शाही बिच यही आज जनवादी  बिवाह सम्पन्न भएको छ नेकपा निकट युवाका नेता तुफान सिहले जानकारी दिएकाछन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार