logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

गच्छदार बिरुद्धकाे निर्णय सच्याउन माग गर्दै सडक आन्दोलनको घाेषणा


  • राजनीति
  • शुक्रबार, माघ २४ २०७६

बालुवाटार प्रकरणमा आफ्ना उपसभापति बिजय कुमार गच्छदार लाई बदनियतले फसाउन खाेजेकाे भन्दै नेपाली काँग्रेसले बचाउमा भ्रातृ संगठन सडकमा उत्राने भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गच्छदारमाथि विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे ।

बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेतासँगको छलफमा गच्छदारको बचाउका लागि पार्टी राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो ।

गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको काँग्रेसको निष्कर्ष छ । अख्तियारको निर्णय विरुद्ध नेविसंघ र तरुण दलले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

आफ्ना उपसभापति माथीकाे कार्वाही काे निर्णय सच्याउन माग गर्दै (शुक्रबार) दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन गर्ने छ। । यस्तै नेपाल तरुण दलको नेतृत्वमा आगामी आइतबार दिउँसो १ बजे माइतीघरमै प्रदर्शन निर्णय गरेकाे छ।

अख्तियारले बदनियतपूर्ण र राजनीतिक पुर्वाग्रह राखेर गच्छदारविरुद्ध मुद्दा दायर गरिएकाे भन्दै कांग्रेसले बुधबार काे संसद अबरुद्ध गर्याे । सामाजिक सन्जालमा निकै आक्रामक देखिएकाे कांग्रेसले भातृ संगठनलाइ सडकमा लिने निर्णय गरेकाे हाे ।

काँग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको छ। गच्छदारको बचाउमा काँग्रेसजन सामाजिक सञ्जाल, सदन र सडकमा तताउँदै छन् । पुर्व प्रधानमन्त्री माधव नेपाल डाक्टर बाबुराम भट्टराई र जग्गा किनबेच मा दाेषि रहेका बिष्णु पाैडेललाई उन्मुक्ति दिएर गच्छदार लाई फसाएकाे कांग्रेस काे ठहर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार