logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उपसभामुख कांग्रेसलाई नदिने नेकपाकाे निश्कर्ष काे बन्ला अब ?


  • राजनीति
  • शुक्रबार, माघ २४ २०७६

प्रतिनिधिसभाकाे उपसभामुख प नेपाली कांग्रेसले प नपाउने निश्चित भएको छ । आज सत्तारुढ दल नेकपाको शीर्ष नेतृत्व बिच छलफल भएपछि अब उपसभामुख का लागि राजपालाइ दिने लगभग निश्चित भएको बताइएको छ ।

सत्तारूढ दल नेकपा ले उपसभामुख का लागि राष्ट्रिय जनमाेर्चालाइ भने पनि जनमाेर्चाले उक्त पद नलिने बताएकाे थियाे ।

संसद तथा संबैधानिक अंगकाे काममा सजिलाे काे लागि नेकपालेे आफुले चाहेकाे दलबाट उपसभामुख चयन गर्ने साेच बनाएकाे देखिन्छ

संविधानले सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसअनुसार अब उपसभामुख महिला नै चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

कांग्रेस सग दुरि बढायपछि नेकपाले राजपाबाट उपसभामुखमा चन्दा चौधरीको बढी सम्भावना छ । उनी महन्थ ठाकुर निकट मानिन्छन् । उता राजेन्द्र महतोले भने अमृता अग्रहरिलाई उपसभामुख बनाउन चाहेको राजपा स्रोतले जनाएको छ ।

स्मरणीय छ  कांग्रेसले उपसभामुख पाउने आसले प्रतिनिधि सभाकाे सभामुख मा समेत उम्मेदवारी दिएकाे थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार