logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीले पाए दूरदृष्टा नेता र राष्ट्र निर्माताकाे अवार्ड


  • राजनीति
  • शुक्रबार, माघ २४ २०७६

सत्तारूढ दल नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरेको हाे ।

आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी नेतृत्व सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रा.लि.का कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

त्यस्तै श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार