राजनीति
गए राती अज्ञात समूहले प्रहरी चौकीमा आ’क्रमण गरेको छ । आ’क्रमणबाट घा’इते भएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष कुमार झालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ । घाइते असईको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार मध्यराति सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समूहको आ’क्रमणबाट असई झासहित हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०–१२ समूहले आ’क्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङले बताए ।
इन्सपेक्टर तामाङका अनुसार मापसे गरेर हो–होल्ला गर्दै आएको समूहले आक्रमण गरेको हो । उनले भने, ‘राति मापसे गरेर हो–हल्ला गर्दै आएपछि प्रहरीले हल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीमाथि आ’क्रमणको प्रयास भएको हो ।’
प्रहरी चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फा’यर गरेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिएकाछन । एसपी महर्जन पनि रातारात आफै घट’नास्थलमा पुगेका थिए ।
प्रहरीले आ’क्रमणकारी मध्येका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनखानीका सोम थिङ रहेका छन् । यस्तै आ’क्रमणकारीले प्रयोग गरेको २ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
गए रातीको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।