राजनीति
नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)काे केन्द्रीय कमिटीमा ३० वर्षे उमेर हदबन्दी लगाएको छ ।
अब अखिल क्रान्तिकारीको कमिटीमा रहनको लागी विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको राष्ट्रिय सम्मेलनको डकुमेन्टमा उल्लेख भएको बुझिएको छ । राष्ट्रिय सम्मेलनको हलमा उमेर हदको पक्षमा अत्यन्तै झिनो मत भए पनि माउ पार्टीको निर्देशनमा उक्क्त कुरा कार्यान्वयन गरिएको राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधीले बताए ।
राष्ट्रिय सम्मेलन आयोजक समिती ७३ जनाको रहेको थियो भने एकैपटक ४२ जना अर्थात बहुमत केन्द्रीय सदस्यलाइ हटाएर नयाँ समिती बनाएको बुझिएकोछ । बहुमत केन्द्रिय सद्स्यलाइ बिदा गरि ४२ औं स्थान भन्दा पछाडी रहेकाहरु मध्य बाट पदाधिकारी बनाएको स्रोतले जानकारी दिएको छ ।
नितिगत रुपमा ३० वर्षे हद लगाइ ५९ सदस्यीय केन्द्रिय समिती चिरञ्जीवी ढकालको नेतृत्वमा निर्माण भएको जनाइएको छ । उमेर हद लगाएर केही दिन मात्र बाकी रहेका बाट नया समिती बनाइएको भएता पनि दर्जन भन्दा बढी उमेर नाघिसकेका पनि केन्द्रिय समितिमा परेको गुनासो समेत बाहिरिन पुगेकोछ ।