logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अनेमसंघ क्रा’न्तिकारीको दैलेख भेला सम्पन्न, पबित्रा बनिन् अध्यक्ष


  • राजनीति
  • शनिबार, माघ २५ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अखिल नेपाल महिला‌ संघ क्रान्तिकारी दैलेखको दोस्रो जिल्ला भेला सम्पन्न गरेको छ ।

दैलेखको ठाँटिकाध गाँउपालिका वडानं ५ मा सम्पन्न भयको भेलामा नेपाल कम्यूनिष्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्र प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि दिपेन्द्रले दलाल पुजिबादि व्यवस्थामा महिला मुक्ति कल्पना सम्म गर्न नसकिने भन्दै महिलहरुको‌ मुक्ति बैज्ञानिक समाजवादमा मात्र सम्भव हुने तर्क पेस गरेकाछ्न ।

सम्पुर्ण महिलाहरू एकजुट भयर‌ क्रा’न्तिमा सहयोग गर्न अनुरोध समेत गरेका थिए । भेलामा अखिल नेपाल महिला संघ क्रा’न्तिकारी केन्द्रीय समिति सदस्य, शान्ति , दैलेख जिल्ला सचिव मदुरो, अखिल ‌क्रा’न्तिकारि दैलेखका अध्यक्ष सुदर्शन,शकेत शाहिको उपस्थिति थियो। भेलाबाट पवित्रा बि.क.को संयोजकत्वमा ७ सदस्यीय महिला संगठन गठन भएको छ नेकपा दैलेखले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार