logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कैलालीमा युवाको सम्मेलन दिपक बने कमान्डर


  • राजनीति
  • आइतबार, माघ २६ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन  युवा संगठन नेपालको कैलाली जिल्ला सम्मलेन संपन्न भएको छ ।

बस्ती भन्दा पर जङ्गलमा भएको सम्मेलनमा युवाहरुको राम्रो उपस्थिति रहेको थियो । सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको अध्यक्ष दीपक, उपाध्यक्ष ओम रहेको युवा संगठनले जानकारी दिएको छ ।

युवा संगठन नेपालको दोश्रो भेलामा  प्रमुख अथिति युवा संगठन नेपालका सेती महाकाली  सयोजक श्याम भट्ट र  बिशेष अतिथी नेपाल कम्युनिस्ट पार्टीका जिला इंचार्ज प्रसान्त रहेका थिए । सम्मेलनमा बिभिन्न जवस मोर्चाका जिल्ला नेताहरुको उपस्थिति रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार