logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बानेश्वरमा फाइरिङ्ग र फोहरा चलाउदै प्रहरी (हेर्नुस भिडियो)


  • राजनीति
  • बुधबार, चैत्र १४ २०७४

सडक विस्तारकाे विराेधमा काठमाडौको बानेश्वरमा भएकाे प्रदर्शनकाे क्रममा झडप भएको छ ।

झडपका क्रममा दुवैतर्फ गरी आधा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसाधारण रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

झडपमा प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फायर समेत गरेको छ ।

सडक विस्तारको विरोधमा माइतिघर मण्डलामा जम्मा भएर विरोध पर्दशन गर्दै प्रदर्शनकारी बानेश्वरतिर गएका थिए ।

बानेश्वर चोकमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

आन्दोलनको नेतृत्व संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठलगायतले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार