logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ठाकुर प्रसाद ज्ञवाली नयाँ आइजिपीमा नियुक्त !

बैठकमा नाम प्रस्ताव गर्न ओलीको निर्देशन


  • राजनीति न्युज डेक्स
  • सोमबार, माघ २७ २०७६

नेपाल प्रहरीको भावी आइजिपीको रुपमा प्रदेश न १ डिआइजी ठाकुर प्रसाद ज्ञवालीलाई मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गर्न प्रम ओलीले गृह मन्त्री रामबहादुर राम बहादुर थापा बादल र मुख्य सचिब लोक दर्शन रेग्मीलाई  निर्देशन दिएका छन ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकमा नयाँ आइजिपीको नाम टुङ्गो नलागेपछी प्रम ओलीले  मङ्लवार बस्ने बैठकमा ज्ञवालीको नाम प्रस्ताव गर्न निर्देशन दिएका हुन ।

आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गरेका छन ।

यस अघि नै सोमबारको बैठकमा डिआइजी ठाकुर प्रसाद ज्ञावाली र सुदुरपश्चिमका डिआइजी तारिणी प्रसाद लम्साल यी दुई मध्य एकलाई भावी आईजिपीमा नियुक्त गर्ने अंंकलन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार