logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पर्वतमा युवाको भेला, मिटर ब्याजी र लागुऔषधवाला तारो बन्दै


  • राजनीति
  • मंगलबार, माघ २८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकोबनेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पर्वतको पहिलो भेला सम्पन्न भएको छ ।

भेला बाट हिमाल को अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी चयन गरेको छ । भेलामा युवा संगठन नेपाल का केन्द्रीय महासचिव सागरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नेकपा पर्वतले जनाएको छ ।

भेलामा जिल्ला इञ्चार्ज दिपक बिशेश उपस्थिति थियोे । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सागरले राष्ट्र लाई बचाउन को लागि सबै श्रमजीवी युवा हरु एक भएर लाग्नु पर्ने धारणा राखेका थिए । अहिलेका समाजिक दलालहरको टाउकोमा व’मले उडाउने बेला आएको भन्दै एमसिसी पास गरे देशमा ठुलो आन्दोलन हुने ठोक्कुवा गरेकाछन ।

सगरले आगामी दिनमा युवाहरुले देहव्यपार , मिटर व्याज , लागू पदार्थ को ब्यापार गर्नेलाई युवा संगठन नेपालले पहिलो निसाना बनाउने पनि बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार