logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आइजी खनालको बिदाई, एआइजी र अधिकाश डिआइजीले गरे ‘बहिष्कार’

आफ्नै व्याजीहरुलाई मिलाउन नसकेको आरोप


  • राजनीति न्युज डेक्स
  • बुधबार, माघ २९ २०७६

पोखरा – नेपाल प्रहरीबाट बिदाई भएका आइजिपी सर्वेन्द्र खनालको बिदाई कार्यक्रममा उनकै व्याजी ३ एआइजिपी हरु अनुपस्थित भएका छन ।

मंगलवार प्रहरी प्रधान कार्यालयमा आयोजित बिदाई समारोहमा उनकै समकक्षी व्याची ठुले राई , धिरु बस्नेत र पुष्कर कार्की अनुपस्थित भए ।

आइजिपी खनाल सङगै उनकै व्याजी ३ एआइजिपी र १८ डिआइजीले अवकाश पाएका हुन ।प्राविधिकतर्फका एआईजी भने कार्यक्रममा उपस्थित थिइन्।

एआइजी र अधिकाश डीआईजीसँग पनि खनालको राम्रो सम्बन्धित थिएन । उनका सहकर्मीले खनालले एकलौटी ढंगबाट संगठन चलाएको आरोप लगाउँदै आएका थिए । काठमाण्डौमै भएका डिआइजीहरु पनि बिदाई कार्यक्रममा सरिक भएनन । प्रदेशमा रहेका डिआइजीहरुको भने सोही कार्यालयमा नै बिदाई गरिएको थियो ।

अवकाश पाउनेमा निवर्तमान आईजीपी खनाल र तीन एआईजीसहित डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी र महेन्द्रकुमार पोखरेल छन् ।

त्यस्तै, डीआईजी महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार