logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पुजिवादी सत्तामा सुकुम्बासीको मुक्ति संभव छैन : ओम पुन


  • राजनीति
  • बुधबार, माघ २९ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कञ्चनपुर जिल्ला काे दाेश्राे जिल्ला भेला यहीँ माघ २९ गते सम्पन्न भएको छ ।

संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनकाे प्रमुख आतित्थ्यमा सम्पन्न भेलाले इन्द्र मडईकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जिल्लाका सबै सुकुम्बासी बस्तिबाट प्रतिनिधि मुलक उपस्थिति रहेको भेलालाई संबाेधन गर्दै अध्यक्ष पुनले जनता सुकुम्बासी हुने मुल कारण वर्गीय सत्ता र समाज भएको औल्याउदै नेपालमा दलाल पुजीवादी सत्ता रहेसम्म सुकुम्बासी समस्या समाधान नहुने ठाेकुवा गरे ।

नेपालीको कुरै छाेड्नुस संसारको सम्पन्न , धनी , प्रजातन्त्रको म’सिहा र बिकसित भनिएको देश अमेरिकामा पनि १ करोड २० लाख जनता घरबार बिहिन छन् भने १५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । बेरोजगारी संख्यामा चार कराेड छ , किनकि त्यहाँ पुजिवाद छ । नेपलमा पनि दलाल पुजिवादलाई समाप्त गरि बैज्ञानिक समाजवाद नल्याउदा सम्म सुकुम्बासी समस्या झन बढेर जानेछ ।

जिल्ला संयाेजक ईन्द्र मडईकाे अध्यक्षतामा सम्पन्न भेलामा बधाई तथा शुभकामना ब्यक्त संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी, सचिव नक्साल बिष्ट , अनेमसंघ क्रान्ति’कारी कि सेती महाकाली संयाेजक पुर्णिामा, नेकपा कञ्चनपुर जिल्ला इ’न्चार्ज सहदेव, दार्चुला इ’न्चार्ज आकाश, अनेरास्ववियु क्रा’न्तिका’रीका सेम संयाेजक बिरेन्द्र शाह लगाएतले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार