logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

अखिल ( क्रान्तिकारी ) कैलालीले मनाए जनयु’द्ध दिवस


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन १ २०७६

पोखरा –  क्रा’न्तिकारी विद्यार्थी माथिको दमन धरपकडको प्रतिरोध गरौं ! बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि संघर्ष गरौँ !! भन्ने नारा सहित अखिल ( क्रान्तिकारी ) कैलाली द्वारा २५ महान जनयु’द्ध दिवसको उपलक्ष्यमा जिल्ला को लम्की, घोडाघोडी,अत्तरिया लगायत भिन्ना भिन्नै ठाउँमा ब्यानर प्रदर्शन सहित शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यसै बिच सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी ) कैलालीले विद्यार्थीरुलाई अबिर लगायर चक्लेट बितरण गर्दै शुभकामना कार्यक्रम सप्पन्न गरेको छ । उक्त कार्यक्रम मा संगठनका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज क. बबरजङ सिह जिल्ला अध्यक्ष सुबास जोशी लगायत को उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सिंहले महान स’हिद हरुले देखाएको मुक्तिकामी बाटोमा निरन्तर अगाडि बढिरहने प्रतिबद्धता गर्दै सामाजिक फा’सिवादी सरकारले विद्यार्थी नेता कार्यकर्ता माथी थुपारिएका झुट्टा मुद्दा खारेज गरि दमन , धरपकड र विद्यार्थी माथी को प्रतिबन्ध तत्काल हटाएर सहज बाताबरण बनाउन समेत आग्रह गर्नुभएअको छ।

राष्ट्र र जनताको मुक्ति को लागि बिगत देखी नै विद्यार्थीहरुले अहम् भुमिका निर्वाह गर्दै आयको र महान जनयु’द्ध हुँदै एकीकृत जनक्रा’न्ति सम्म हजारौं को ब’लिदानि कोटा चुक्ता गरि कलम तारा अंकित र’क्तरंन्जित झन्डा झुक्न नदिएको र आवश्यक परे फेरि पनि लाखौंको संख्यामा ब’लिदानि कोटा चुक्ता गर्न आफुहरु तयार रहेको बताएका छन ।

महंगी , भ्रष्टाचारि, घुसखोरी, कालाबजारी, शैक्षिक माफिया, स्वास्थ माफिया , चेलीबेटी बेचबिखन , ब’लात्का’रि का विरुद्ध स्थापना काल देखि नै अखिल ( क्रान्तिकारी ) संघर्ष गर्दै आयको र फेरिपनी निर्मम भएर आफुहरु अगाडि बढ्ने र यसमा विद्यार्थी साथीहरूको समेत भब्य साथ , सहयोग , समर्थन र सदिच्छा प्रति आफू बिश्वस्त रहेको रहेको बताएका छन । अन्त्यमा २५ औं महान जनयुद्ध दिवस को अवसरमा स’हिद हरु प्रति उच्च सम्मान , घाइते अपांगमा शिघ्र स्वास्थ लाभको कामना , बेपत्ता यो’द्धाहरुमा सम्झाना र एकीकृत जनक्रा’न्तिमा गोलबद्द भै बन्दी जीवन ( हिरासत , कारागार ) बिताईरहनु भएका सम्पुर्ण कम्रेडहरुमा मिठो सम्झना सहित विद्यार्थी , शिक्षक, पत्रकार , सुरक्षाकर्मी , बुद्धिजीवी , नागरिक समाज , प्राध्यापक , किसान ,मजदुर सबै सबैमा २५ औं ऐतिहासिक गौरवपुर्ण महान जनयु’द्ध दिवसको हार्दिक शुभकामना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार