logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

हि’रासतबाट ला’स निकालोस् तर आ’त्मसमर्पण गर्दिनँ’ : लक्ष्मण पौडेल


  • राजनीति
  • शनिबार, फाल्गुन ३ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सुनसरी इ’न्चार्ज लक्ष्मण पौडेल ७ महिना देखि हि’रासतमा रहेका छन । उनि गम्भीर प्रकृतिको बिरामी भएकाछन । प्रशासन उचित हस्पिटलमा उपचार गर्न नमानेको परिवारले गुनासो गरेको छ ।

अखिल क्रा’न्तिकारीका पुर्व केन्द्रीय सचिवालय सदस्य समेत रहेका पौडेललाइ सत्तारूढ दलका नेताहरू हि’रासतमा पुगेर आ’त्मसमर्पण गर्न दबाब दिइरहेको पौडेलकी जीवनसँगिनी रीताले बताएकी छिन् । तर युवा नेता पौडेलले ‘मेरो उपचार नगरेर हि’रासतबाट ला’स निकालोस् तर आ’त्मसमर्पण गर्दिनँ’ भनेको श्रीमतीले बताएकी छिन् । परिवारले जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उ’जुरी दर्ता गराएको छ ।
बाथ रोगले थलिएको अवस्थामा चिकित्सकले छालामा क्यान्सर भएको आशङ्का गर्दै बायस्पी (क्यान्सर परीक्षण) गर्न सिफारिस गरेका छन् । तर प्रशासनले उपचार नगरिदिएकाले प्रहरी हि’रासतभित्रै मा’र्ने ष’ड्यन्त्र गरेको आ’रोप परिवारका सदस्यहरूले लगाएका छन् ।

गत भदौ ७ गते सुनसरी जिल्लाको इटहरी नप्प, पचरुखीबाट पौडेल गि’रफ्तार भएका हुन् । प्रहरीले वि’स्फोटक पदार्थ र सङ्गठित अप’राध मु’द्दा लगाएर २ महिना हि’रासतमा राखेको थियो । मङ्सिर ६ गते सुनसरी जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने फैसला गर्यो । तर प्रहरीले अदालत परिसरबाटै गि’रफ्तार गरी झापा जिल्लाको अनारमनी हि’रासतमा लगेर ब’म विस्फोटसम्बन्धी मु’द्दा दर्ता गर्यो । झापा जिल्ला अदालतले मङ्सिर २८ गते १ लाख धरौटी माग गरेर रिहा गर्यो । तर प्रहरीले अदालत परिसरबाटै फेरि गि’रफ्तार गरेर सवारी आवागमनमा अवरोध पुर्याएको अर्को मु’द्दा लगायो । झापा जिल्ला अदालतले २५ हजार धरौटीमा फेरि रिहा गर्न आदेश दियो । अदालत परिसरबाटै फेरि गि’रफ्तार गरेर सुनसरी जिल्ला, धरान पुर्याएर वि’स्फोट तथा सङ्गठित अ’पराध मु’द्दा दर्ता गर्यो । सुनसरी जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्यो । पौडेललाई पुनः गृहजिल्ला उदयपुर लगेर मङ्सिर २८ गते सङ्गठित अ’पराध र वि’स्फोटक पदार्थ मु’द्दा लगाइयो ।

पछिल्लो समय उदयपुर जिप्रकामा रहेका लक्ष्मण पौडेल बाथ रोगले थलिएकै अवस्थामा जिल्लाका चिकित्सकले छालाको क्यान्सर भएको पूर्वानुमान गरेर छालाको बायोस्पी गर्न सिफारिस गरेका छन् । छालामा एलर्जी भएकै समयमा उक्त परीक्षण गर्नुपर्ने हुन्छ । जिल्लामा उक्त उपचारको व्यवस्था नभएको र अन्यत्र नलगेकाले उपचार भएको छैन ।

बिर्तामोडस्थित कन्काई अस्पतालमा झापा प्रहरीले उपचार गराएको थियो भने सुनसरी प्रहरीले इटहरीको साधनहीन सामान्य नर्सिङहोममा जाँच गराएको थियो । माघ २ गतेदेखि १२ गतेसम्म जिल्ला अस्पताल गाईघाटमा भर्ना गरी उपचार गरियो तर रोगले झन् चाप्दै लगेको छ । माघ १६ गते उपचार र रि’हा गर्न माग गर्दै सर्वोच्व अदालतमा रिट दायर गरिएको छ तर प्रहरी र गाईघाट अदालतले जबाफ पठाएका छैनन् ।  रोगले च्यापेपछि माघ २० गते पौडेललाई पुनः अस्पताल भर्ना गरिएको छ । तर जिल्ला प्रहरीलाई अस्पताल भर्ना नगर्न माथिल्लो निकायबाट दबाब आएको स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार