राजनीति
पुर्व बिद्यार्थी नेता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य युवराज चाैलागाईले प्रहरीको व्यवसायिक क्षमतामाथि प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेपाल प्रहरी, गुप्तचर निकायको क्षमतामनाथि प्रश्न उठाएका हुन् । जनकक’युद्ध दिवस मनाएर राजधानीको बागबजारस्थित होटल हार्दिकबाट निस्किदै गर्दा महानगरिय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टिमले आफूलाई विप्लव नेकपाको नेता भनेर गलफत्ति गरेको जनाएका छन् ।
प्रहरीले उनलाई विप्लव नेकपाका नेता भनेर प’क्राउ गर्न खोजेको स्पष्ट पार्दै चाैलागाईले भनेका छन्, आफूलाई प्रहरीले विप्लवको नेता भनेर लामो समय अल्झाएर राखेको र नेकपाको पार्टी सदस्यता देखाउदा समेत प्रहरीले छाड्न नमान्दा उनले गृहमन्त्रीका सल्लाहकार सुर्य सुवेदी ‘पथिक’लाई सम्पर्क गरेर नेकपाको नेता भएको प्रमाणित गर्नुपरेको तितो सत्य व्यक्त गरेका छन् ।
गृहमन्त्रीका सल्लाहकारले जानकारी दिएपछि प्रहरी निरीक्षक प्रकाश बस्नेतले माफी मागेको भन्दै चाैलागाईले नेपाल प्रहरीमा व्यवसायिक क्षमता नभएको भन्दै रोष व्यक्त गरेका छन् ।
चौलागाईंको स्टाटस
मिति २०७६ फागुन १ गते जनयु’द्ध स्मरण समितिले काठमाण्डौको वागबजार स्थित हार्दिक होटलमा आयोजना गरेको २५औं जनयु’द्ध दिवस सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर फर्कन लाग्दा मसंग कमलपोखरी बृत्तबाट खटिएको प्रहरी टोलीले केहीबेर रोकेर कुराकानी गरेको कुरा सहि हो । उनीहरुका अनुसार सिन्धुपाल्चोक घर भएका युवराज चौंलागाईं भन्ने व्यक्ति विप्लव समूहमा रहेको र झुक्किएर त्यो व्यक्ति म भएको आशंकामा मसंग सोधपुछ गरिएको थियो । मलाई घचेट्ने वा जवर्जस्ती गर्ने कुनै गतिबिधि भएको होइन तर उनीहरुलाई म विप्लव समूहको नेता नभई ने क पा को नेता भएको बुझ्न केही समय लाग्यो । त्यस क्रममा मैंले आफू ने क पा को केन्द्रीय सदस्य भएको प्रमाणित गर्न आफ्नो दलको परिचय पत्रले नपुगेर गृहमन्त्रीका सल्लाहकार कमरेड सूर्य सुवदी पथिक समेतको सहयोग लिनु परेको थियो । यस घटनाप्रति मलाई व्यक्तिगत रुपमा कुनै गुनासो छैन तर नेपाल प्रहरी र गुप्तचर निकायहरुको व्याबसायिक क्षमता माथि प्रश्न उठेको छ। त्यस क्रममा मैंले नेपाल प्रहरी वा राष्ट्रीय अनुसन्धानका गुप्तचरहरुलाई सत्तारुढ ने क पा र विप्लब नेतृत्वको ने क पा दुवैका बारेमा यथेष्ट जानकारी नभएको पाएं । मेरो परिचय पत्रमा भएको सत्तारुढ ने क पा को लोगो पनि त्यस क्रममा उनीहरुले चिनेनन् । मैंले ने क पा को केन्द्रीय सदस्य बताउंदा पनि उनीहरु कुन ने क पा भन्ने बुझ्न लागेनन् र आफ्नो पुर्व अनुमान अनुरुप म विप्लब समूहको नेता भएको अडानमा केहीबेर रहे । यसबाट खासगरी नेपालको गुप्तचरी निकाय कुन हालतमा छ भन्ने अनुमान लगाएर म स्तब्ध भएं । अन्त्यमा प्रहरी निरीक्षक प्रकाश बस्नेतले माफी मागे पछि म आफ्नो काममा लागें । हार्दिक होटल अगाडी उभिदै बाटोमै भएको यो समग्र प्रक्रिया ५ देखि ७ मिनेटमा सकिएको थियो ।
यस प्रकरण मिडियामा आए पछि म संलग्न पार्टी भित्र र बाहिरबाट, देश भित्र र बाहिरबाट समेत कयौं साथीहरुले चासो र चिन्ता व्यक्त गर्नु भयो । त्यसका लागि म सबैलाई आभार सहति धन्यवाद व्यक्त गर्दछु ।
उनको फेसबुक लिन्क हेर्नुसक