राजनीति
नि बर्तमान सभामुख कृ*ष्ण बहादुर म*हराकाे अन्तिम सुनुवाइ सुरु भएकाे छ । ब*लात्कार प्रयासमा कारागार चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाई काठमाडौं जिल्ला अदालत मासुरु भएको हाे ।
जिल्ला अदालत काठमाडाैंका न्यायाधीश अमरराज पाैडेलको एजलासमा अन्तिम सुनुवाई सुरु भएको हो । जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार महरावि*रुद्धको मु*द्धामा आज अन्तिम सुनुवाई सुरु भएको हो । संभवत बहस सकिएका आइतबार नै फैसला आउनेछ सम्भावना रहेकाे बुझिएकाे छ ।
ब*लात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशवि*रुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । भने, ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गर्दै एक महिनाभित्र मु*द्धाको किनारा लगाउन उच्च अदालतले आदेश दिएको थियो ।
महरा संसद सचिवालयमा कार्यरत एक महिलामाथि ब*लात्कार प्रयासको आरोपमा मु*द्धा खेपिरहेका छन् ।