logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाइ पत्नीशोक

यशोदा सुवेदीको निधन


  • राजनीति
  • मंगलबार, चैत्र २० २०७४

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा परेका छन् । उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको हो ।

लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।

उनको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतलाई उधृत गर्दै डा रविन्द्र समीरले जानकारी दिए ।

मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार