ने’त्रवि’क्रम च’न्द वि’प्लव नेतृत्वकाे ने’कपामा आबद्ध तीन जिल्लास्तरीय नेताले पार्टी प’रि’त्याग गरेको घोषणा गरेका छन् ।
वि’प्लव ने’कपाका समर्थक भनिएका लोकेन्द्र राई, बमबहादुर हितान मगर र डिल बहादुर सुनारले नेकपामा रहेको सम्पूर्ण जिम्मेवारी छाडेको आज विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्ने समेत घोषणा गरिएको छ ।
विप्लव नेकपामा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई प|क्राउ गरेको थियो । अदालतले गत माघ २२ गते सुनारलाई २० हजार रुपैयाँ र अन्यलाई जनही पाँच हजार रुपैयाँका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उहाँहरु कारागार चलान भएका थिए ।
आज अदालतले तोकेको धरौटी बुझाएपश्चात् उहाँहरुलाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कारागारले मुक्त गरेको थियो ।
कारागारबाट छुटेलगत्तै विज्ञप्तिमार्फत तीनैजनाले वि’प्लव ने’कपा प’रित्या’गको घोषणा गरेका हुन्