logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली सरकार दलाल र भु माफियाको कव्जामा – जनार्दन शर्मा


  • रासस
  • आइतबार, फाल्गुन ४ २०७६

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन्।

कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उनले सरकार दलाल र माफियाको घेराबन्दीमा परेको बताएका हुन्। छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे।

केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उनले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए। दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार