राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई सोमबार चितवनबाट पुनः गिर’फ्तार गरेको छ ।
गत माघ ६ गते चितवनबाट गि’रफ्तार भएका लोहनी करिब एक महिनाको हि’रासत बसाइपछि सोमबार अदालतबाट रि’हा भएका थिए । उनलाई अदालत परिसरबाटै गि’रफ्तार गरेर मकवानपुर तर्फ लगिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । ग’म्भीर अ’स्वस्थताका कारण पार्टीबाट बिदा लिएर उपचार गराइरहेका र राष्ट्रियताका विषयमा बहस गर्न ‘राष्ट्रिय जागरण मञ्च’ गठन गरेर भारतीय अति’क्र’मण, नेपाली भूभाग कब्जा, अमेरिकी परियोजना एमसीसीलगायत विषयमा अन्त’रक्रिया गरेर काठमाडौँबाट चितवन पुग्नासाथ गत माघ ६ गते उनलाई प्रहरीले गि’र’फ्तार गरी अ’भद्र व्यवहारको मु’द्दा लगाएको थियो ।
लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्चमार्फत राष्ट्रियता र जनतन्त्रका बारेमा अभियान सञ्चालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउँदै आएका थिए । लोहनीलाई यस अघि पनि चितवनमै १३ दिन हि’रा’सतमा राखिएको थियो । यो उनको तेस्रो गिर’फ्ता’री हो ।