logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड र माधवले एउटै फोन बाट महरालाइ बधाइ


  • राजनीति
  • मंगलबार, फाल्गुन ६ २०७६

पूर्वसभामुख कृष्णबहादुर महरा छुटेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले नि’र्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दिएका हुन्।

‘प्रचण्ड र नेता नेपाल बानेश्वरको अर्याल होटलमा छलफलमा बस्नु भएको थियो’ नेकपाका एक नेताले भने ‘उहाँहरु दुबैले महरा सर छुटेपछि एउटै मोबाइलबाट फोन गरेर पालैपालो बधाइ दिनुभयो।’ ति नेताका अनुसार पहिला फोनमा प्रचण्डले महरा सरलाई बधाइ दिए र त्यसपछि त्यही फोनबाट नेता नेपालले पनि बधाइ दिएका थिए। अध्यक्ष प्रचण्ड र नेता नेपालले फोन गरेर बधाइ दिँदा महरा डिल्लीबजार कारागारमा थिए।

नेकपाको तीन महिने विशेष अभियानका अन्तर्गत मंगलबार सुर्खेत जाने विषयमा प्रचण्ड र नेपाल अर्याल होटलमा छलफल गरिरहेका थिए। उक्त छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

संसद सचिवालयकी एक महिलामाथि ब’ला’त्कार प्रयास गरेको आ’रोप महरा असोज १९ गते प’क्राउ परेका थिए । यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मु’द्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार