logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

ललिता निवास जग्गा प्रकरण : गगन थापाले संसदमा स्वस्थानी कथा सुनाए


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन ६ २०७६

पोखरा – कांग्रेस सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा संसदमा स्वस्थानी कथा सुनाएर व्यंग्य गरेका छन ।

नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दायर गरेकाे मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथासँग जोडेर पौडेलप्रति व्यंग्य गरेका हुन् ।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार