राजनीति
प्र*तिबन्धित वि*प्लव नेतृत्वको ने*कपाकाे तत्कालीन केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रीय अध्यक्ष बन्धु चन्द पुन प*क्राउ परेकि छन् ।
बुधबार जिल्ला अदालत कैलालीले चन्दलाई रिहाइको आदेश जारी गरेको थियो । अध्यक्ष बन्धु चन्दलाई अदालतले रिहा गरे लगत्तै प्रहरीले पुन: गि*रफ्तार गरेको हाे ।
करिब १० महिना देखी धनगढी कारागार कारागारमा रहेकी चन्दलाई अ*दालतले रिहाईको आदेश दिए लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गि*रफ्तार गरेको हो ।
अ*दालतबाट रिहाइ हुनवित्तिकै परिवारको सम्पर्कमा जान नदिएर अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेर बे*पत्ता बनाएको भन्दै परिवारका सदस्यले मानवअधिकारकर्मीहरु खोजअनुसन्धान गरिदिन आग्रह गरेका छन् । नेतृ चन्द पार्टी ले तय गरेकाे संगठन सुदृढ तथा बिस्तार अभियानका क्रममा अछामबाट गि*रफ्तार गरिएको थियाे ।