logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रिन्टिङ प्रेस खरिद प्रकरण : न दायाँ न बायाँ सिधा मन्त्री बास्कोटालाई बर्खास्त गर्नोस् – कांग्रेस


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा –   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई बर्खास्त गरी छानविन गर्न नेपाली काग्रेसले माग गरेको छ

सञ्चारमन्त्री बास्कोटाको ७० करोड कमिसन सेटिङ अडियो टेपले यस अघि नै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पहिलेदेखि नै अनियमितता भएको विषयमा समाचार आइरहे पनि त्यसलाई प्रमाणित गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका हुन् ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ, कांग्रेसले भनेकाे छ ।

‘सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यू, इन्तु,परन्तु, किन्तुको को अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् । बांकी छलफल अनुसन्धानको प्रक्रियामा,’ शर्माले भनेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार