राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालोकोट निकट बुद्धिजिबी संगठन को आयोजनामा बडिमालिका राष्कोट मा बि मा शिक्षक हरु संग अन्तरक्रिया सम्पन्न गरेको छ । बुद्दिजीबी संगठन भेक ब्युरो संयोजक धनराज शाही को संचालनमा सुरु भएको अन्तरक्रियामा जिल्ला ईन्चार्ज बिराट को प्रमुख आतिथ्यता जिल्ला सेक्रेटरी रणदिप अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य देबराज चौलागाई जिल्ला सल्लाहाकार संयोजक छत्र बम ब्युरो कार्यालय सदस्य निर्देशन एरिया ईन्चार्ज निर्भिक को आतिथ्यतामा सम्पन्न भएको नेकपाल जनाएको छ ।
उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि बिराट ले बर्तमान केपी ओलिको सरकार कम्युनिष्ट लाई बदनाम गर्न लागेकोले नि’र्मम प्र’हार गर्नु बाहेक अर्को बिकल्प नभएको तर्क गरेकाछन । त्यस्का लागि सम्पुर्णको सहयोग को लागि एक भएर उठ्न अपिल गरेकाछन ।
जिल्ला सेक्रेटरी रणदिप ले अबको क्रा’न्तीमा शिक्षक बुद्धिजिबीहरुको ठूलो सहयोगको आबश्यक्ता बढेर गएकोले संका नगरीसहयोग गर्न अनुरोध गरेकाछन । राष्ट र राष्टीयता को रक्षाका लागि आ आफ्नो ठाउबाट प्रति’रोध गर्नु बाहेक बिकल्प छैन भनेकाछन । अन्य वक्त्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।