logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मन्त्री बाँस्कोटाको अडियो बाहिर्‍याउने मिश्रलाई पक्राउ गर्न संसदीय समितिको प्रहरीलाई पत्र


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा – सांसदहरुको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रहरीमा उजुरी दिएका छन् ।

नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखी उजुरी दिएको हो ।समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै उपाध्यायले फेसबुक अकाउन्टमा लेखेका थिए ।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको थियो ।

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए ।

समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार