logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव गिरफ्तार नियोजित अफवाह मात्र हो : नेकपा


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव गिरफ्तार भनेर सामाजिक संजालमा फैलिएको कुरा नियोजित अफवाह र फगत हल्ला मात्र भएको नेकपा स्रोतले जनाएको छ ।

केहि घन्टा देखी सामाजिक संजालमा बिप्लव गिरफ्तार भनेर स्टाटसहरु अप्लोड भएकाछन । कसले किन र के आधारमा हल्ला चलायो भन्ने खोजी हुदै गरेको नेकपा स्रोतले जनाएको छ ।

जसले जसरी भनिएता पनि उक्त कुरा हल्ला र अफावाह बाहेक केहि नभएको नेकपा स्रोतले जनाएको छ । महासचिव विप्लवको बारेमा बेला बेलामा योजनावद्ध हल्ला गरेर मनोबिज्ञान बिथोल्ने झिंगे दाउ मात्र भएको नेकपाको स्रोतले जनाएको छ ।

विप्लवले मनाए २५ औं जनयुद्ध दिवस, जनमुक्ति सेनाद्धारा

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयु’द्ध दिवस भब्य एब शानदार ढंगले मनाएको छ । नेकपाको इकाइ देखी केन्द्रिय स्तर सम्म बेग्लाबेग्लै कार्यक्रम आयोजना गरि २५ औं वर्षगाठ मनाएको हो । यसैक्रममा लामो समय देखि ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले पनि ग्रामीण भेगका जनसमुदायका बीचमा जनमुक्ति सेनाको स’लामी लिँदै जनयु’द्ध दिवस मनाएको समाचार प्राप्त भएको छ । विप्लवले जन’मुक्ति सेनाको परेड समेत अवलोकन गर्दै भव्यतापूर्वक जनयु’द्ध दिवसको शुभकामना आदानप्रदान गरेको नेकपा स्रोतले जनाएको छ ।

नेकपा स्रोतबाट प्राप्त समाचारअनुसार जनयु’द्ध दिवस मनाउँदै पार्टी महासचिव विप्लवले एकीकृत जनक्रा’न्तिको कार्यदिशामार्फत जनयु’द्धको अधुरो सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जनयु’द्ध दिवस कार्यक्रमको अध्यक्षता पनि महासचिव विप्लवले गरेका थिए । कार्यक्रमको सञ्चालन भने नेकपाका केन्द्रीय सदस्य विजयले गरेका थिए ।

कार्यक्रमको आरम्भ जनयु’द्ध दिवस मनाउन सहभागी पार्टी नेता, कार्यकर्ता र जनसमुदायले सामूहिक रूपमा अन्तर्राष्ट्रिय गीत गायनबाट भएको थियो । आरम्भमै जनमु’क्ति सेनाको एक टुकडीले स’हिदहरूप्रति सलामी अर्पण गरेको थियो । त्यसपछि जन’मुक्ति सेनाले परेड प्रदर्शन गरेको थियो ।

भब्य रुपमा आयोजना गरिएको कार्यक्रममा पटेकाका पड्काएर कार्यक्रम आरम्भ गरिएको समाचारमा उल्लेख छ । जनयु’द्ध दिवस मनाउन कार्यक्रममा सहभागी भएका सबैले एकापसमा अबिर टिका साटासाट गर्दै उल्लासमय वातावरणमा मनाएको जनाइएको छ । उक्त कार्यक्रममा ग्रामीण बस्तिका जनताको उल्लेख्य सहभागिता रहेको स्रोतले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार