राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सत्ता संगठन जनपरिषद दाङले मिटर ब्याज बाट जग्गा ठगी गरि हडप्न खाेजेकाे विवादास्पद जग्गा दाङ कब्जा गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ बुटनियामा रहेको उक्त जग्गा मिटर ब्याज बाट ठगी गरि हडप्न खाेजेकाेले विवाद समाधान नहुँदासम्म कुनै पनि व्यक्ति वा संघ संस्थाले बिक्रीवितरण नगर्न चे’तावनीसहित जग्गा कब्जा गरिएको ब्यानर र अपिल जारी गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीकाे जिल्ला जनपरिषदले दाङले
उक्त सूचनालाई वेवास्ता गरि जग्गा बिक्रीवितरण गरेको पाइएमा कडा का’रबाही गर्न बाध्य हुने चे’तावनी पनि दिएको छ ।
करिब १५ कठ्ठामा फैलिएको उक्त जग्गा कब्जा किन ?
१) २०६६ सालमा अक्षरुपी ४ लाख ५० हजारमा फिर्ता गर्ने सर्तमा धिताे राखि पटकपटक फिर्ता माग्दा पनि विभिन्न बहाना गरि नदिएको
२) २०६९ सालमा जालसाँची गरि विचाैलियाहरुद्वारा परिबन्धमा पारि दाेस्राे व्यक्तिलाई मिटर ब्याज सिस्टममा छिनुवा दिएको
३) पटकपटक सम्बन्धित व्यक्तिहरुलाई भेटी जग्गा फिर्ता माग्दा उल्टै डर धम्की दिएको
४) विभिन्न राजनीतिक दल, समाजसेवी र प्रशासनकाे राेहबरमा छलफल गर्दा पनि समाधान नदिएको र पिडितले न्याय नपाएको
नाेट: अपिल पत्रमा सम्बन्धित पक्षहरुकाे नाम खुलाइएको छैन । आवश्यकताअनुसार खुलाइनेछ । याे जग्गा काराेबारमा केही कमिसनखाेर, विचाैलियाकाे सम्लंग्नता पनि पाइएको छ । विवाद समाधान नगरी बिक्रीवितरण र कुनै प्रयाेजन गर्न खाेजे आवश्यक का’रबाही हुनेछ ।
