logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हिरासतमा यातनाको खबरले विप्लव आक्रोशित, फासिवादको प्रतिरोध गर्ने


  • राजनीति
  • शुक्रबार, फाल्गुन ९ २०७६

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले केहि दिन अगाडी गिरफ्तार अखिल क्रा’न्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिकलाइ प्रहरीले हिरासतमा चरम या’तना दिएको भन्दै आक्रोश ब्यक्त गरेकाछन । विप्लवले मानव अधिकारकर्मी, नागरिक समाज र वकिल सबैको गम्भीर ध्यानाकर्षणको लागी अपिल गरेकाछन । उनले गिर’फ्तार सबै नेता कार्यकर्तालाइ मुक्त गर्न समेत माग गरेकाछन । आज एक बिज्ञप्ती जारी गर्दै उक्त कुरा बताएकाछन ।

यसै बिच विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रम केपी वलीकै संलग्नता भएको आशङ्का गरेको छ । पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कार’बाही गर्न पनि माग गरेका छन् ।

केन्द्रीय समितिका तर्फबाट महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।’

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी वली सरकार देशका निम्ति अ’भिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै ल’ज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।’

विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम वलीकै संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्र’घाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ । केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको सर्वविदितै छ । यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गि’रफ्तार गर्ने, झूट्टा मु’द्दा लगाउने, यातना दिने गरिरहेको छ । फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम या’तना दिएको सूचना प्राप्त भएको छ । यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मु’क्त गर्न माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार