logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसी प्रतिवेदन तयार, साँझ सम्म नेतृत्वलाइ बुझाउने


  • राजनीति
  • शुक्रबार, फाल्गुन ९ २०७६

बहुचर्चित एमसिसी बारेमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदले अध्ययन कार्यदले प्रतिवेदन तयार पारेको छ ।

फगुन ९ गते शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलका सदस्य रावलले प्रतिवेदन तयार भएको जानकारी दिए । ‘सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने । प्रतिवेदनमा के कस्ता सुझाव छन् भन्नेबारे उनले खुलाएनन् । ‘त्यो प्रतिवेदन पार्टीलाई बुझाइने हो,’ उनले भने, ‘अहिले भनिहाल्न उचित होइन ।’ नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार