राजनीति
राष्ट्रिय सभाकाे सदस्यमा चुनाव लड्न अस्विकार गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए । तर गौतमले पुरानै अडान दोहोर्याएका छन् । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र आफूले यो प्रस्ताव मान्ने गौतमको तर्क छ ।
नेता गाैतमले आफू प्रधानमन्त्री सुनिश्चित भएपछि मात्रै नेताहरुकाे याे प्रस्ताव मान्ने नत्र नमान्ने भन्दै पुरानै अडान दाेहाेर्याएका बताइएको छ । यसअघि पनि उनी शर्त राखेर राष्ट्रियसभा सदस्यको चुनाव लड्न अस्वीकार गरेका थिए ।