पोखरा – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएपछी राजीनामा दिएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविन गर्ने भएको छ
नेकपाका महासचिव विष्णु पौडेलले दिएको जानकारी अनुसार शनिवार बसेको नेकपाको सचिवालय बैठकले गोकुल बाँस्कोटाको ७० करोड सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको दिए ।
‘बाँस्कोटाका विषयमा सरकारी निकायले छानबिन गर्छ’, उनले भने, ‘छानबिन गर्ने निकाय केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन् ।’
बार्गेनिङ अडियो सार्वजनिक भए सँगै उनले २४ घण्टा नबित्दै उनले सम्हाल्दै आएका दुई मन्त्रालयबाट राजिनामा दिएका थिए ।