logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

न्युयोर्क सिटीको कानुन नेपालमा लागु गर्ने बुँद्दामा मन्त्रीले हस्ताक्षर गरेको खनालको खुलासा


  • राजनीति
  • मंगलबार, फाल्गुन १३ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता गर्दा नेपाली काँग्रेसले गरेको गल्ती सरकारले सच्याउने बताएका छन् ।

नेकपाद्वारा गठित एमसीसी अध्ययन कार्यदलका संयोजक समेत रहेको नेता खनालले एमसीसी सम्झौतामा हस्ताक्षर गर्दा काग्रेसले के हेरेर गरेको भन्दै प्रश्न समेत गरे ।

पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘सम्झौतामा अमेरिकाको न्युयोर्क सिटीको कानुन नेपालमा लागू हुने भनिएको छ । त्यो भनेको के हो ? काँग्रेस नेतृत्वका सरकार अर्थमन्त्री ज्ञानेन्द्र कार्कीजीले के हेरेर त्यतिबेला हस्ताक्षर गर्नु भयो ?’

अमेरिकाको कानुन कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नहुने भन्दै त्यतिबेला काँग्रेसले गरेको गल्ती यो सरकारले सच्याउँछ नेता खनालको भनाइ थियो । तत्कालीन काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी परियोजनामा हस्ताक्षर गरेको थिए ।

एमसीसी जस्ताको त्यस्तै कार्यान्वयन गर्दा नेपालले ठूलो मूल्य चुकाउने पनि खनालले बताए । खनालको नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा सच्याएर मात्र पास गर्नुपर्ने सुझाव सहित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार