logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माइला लामा सहित बन्दीको स्वास्थ्य परिक्षण


  • राजनीति
  • बुधबार, फाल्गुन १४ २०७६

काठमाडौ बाट गि’रफ्तार गरेर ललितपुरमा जेलमा रखेर अदालतले सफाइ दिए पनि पुर्व पुर्याइएका नेकपाका तत्कालीन ब्युरो इन्चार्ज माइला लामा संखुवासभाको जिल्ला कारागार खाँदबारीका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। ७०औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार खाँदबारी कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गराइएको हो। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लवका केन्द्रीय तथा उपत्यका इन्चार्ज माइला लामासहितका कैदीबन्दीले स्वास्थ्य परीक्षण गराएका छन्।

विप्लवका तत्कालीन उपत्यका इन्चार्ज लामा बुधबार जिल्ला अदालतले कारागार चलान गरेको थियो। दिवसको अवसरमा जिल्ला कारागारका ८० जना कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कैदी बन्दीलाई स्वास्थ्य परीक्षणपश्चात मूल समारोह समितिले निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। कारागारभित्रै शिविर सञ्चालन गरेर विभिन्न रोगको परीक्षण गरिएको थियो। जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए। रगत, खकार, दिसापिसावलगायतका परीक्षण गर्नुपर्ने बिरामीको परीक्षणसमेत निःशुल्क गरिदिन प्रमुख अधिकारीले अनुरोध गरे।

खाँदबारी अस्पतालका डाक्टर सुन्दर श्याम झाको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षणका साथै परामर्श दिएको थियो। सातजना महिलासहित ८० जना कैदी बन्दीको स्वास्थ्य परिक्षण गरिएको जिल्ला कारागारले जनाएको छ। शिविरको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठलगायतले अनुगमन गरेका थिए। प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दाका सातजना कैदीबन्दीलाई आममाफी दिएको कारागार प्रमुख अधिकारीले जानकारी दिए। आममाफी पाउनेमा रिन्जिन शेर्पा, तेम्बा शेर्पा, धर्मनाथ राई, लाक्पा शेर्पा, कर्मा लामा र विकाश श्रेष्ठ रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार