राजनीति
पछिल्लो समय निकै बिवादित यति समुहमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल शेर बहादुर देउवा तथा पुर्व गृहमन्त्री बामदेव गाैतमकाे संम्लग्नता पाइएकाे छ। सरकारले लामाे समय लगाएर एक अध्यान लाई सार्वजनिक गरेकाे छ। सरकारको भनेको अध्ययन सकिएको छ र, नेपाल ट्रष्टले मंगलबार श्वेतपत्र सार्वनजिक गरेको छ ।
श्वेतपत्रमा गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ मात्र गरिएको छैन, नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक (प्रधानमन्त्री) र को अध्यक्ष (गृहमन्त्री) थिए भन्ने समेत खुलाइएको छ । जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम उल्लेख गरिएको छ ।
तर रोचक के छ भने प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलको नाम श्वेतपत्रमा छैन । यस्तै, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नाम पनि छैन ।
श्वेतपत्र अनुसार तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रपोर्टी, रोयल प्यालेस र एलएम सुभिर ब्रदर्स नेपाल प्रालीबीच ३१ साउन २०५२ मा गोकर्ण राजनिकुञ्जको जग्गाको लिजमा दिने सम्झौता भएको थियो । निकुञ्जको २७९२-०-३-१ रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्न ३० वर्षका लागि लिजमा दिइएको थियो ।
गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यहरुको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाममा आयो । र, ५ वैशाख २०६७ मा सुभिर ब्रदर्स र नेपाल ट्रष्टबीच मुख्य सम्झौता भयो । हो, त्यही दिन गोकर्ण रिसोर्टमा यती होल्डिङ्सको प्रवेश मात्र भएन, त्रिपक्षीय पुरक सम्झौतामा लिज अवधी समाप्त हुनु अगावै दुवै पक्षको आपसी सहमतिमा लिज अवधि नवीकरण गर्न सकिने व्यवस्था थप भयो ।
श्वेतपत्रमा उल्लेख भएको यो विवरण हेर्दा प्रष्ट हुन्छ गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने कुरा त्यहीबेला तय भएको थियो । तर त्यसबेला ट्रष्टको संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष (गृहमन्त्री) सम्बन्धी व्यवस्था के थियो भन्ने श्वेतपत्रमा उल्लेख गरिएको छैन ।
माधव नेपालको नाम गायब !
तर श्वेतपत्रमा सुभिर ब्रदर्सको नाममा रहको शेयर विदेशी लगानीकर्ताबाट यती होल्डिङ्सको नाममा हस्तान्तरण गर्न २५ मंसिर २०७१ मा स्वीकृति दिँदा प्रधानमन्त्री स्व. सुशील कोइराला नेपाल ट्रष्टको संरक्षक र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम अध्यक्ष रहेको भने उल्लेख गरिएको छ ।
जबकी गोकर्णमा यती समूहलाई प्रवेश गराउने त्रिपक्षीय पुरक सम्झौता स्वीकृत गर्दा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री एवं नेपाल ट्रष्टको र भीम रावल गृहमन्त्री अध्यष रहेको कुरा श्वेतपत्रमा खुलाइएको छैन ।
श्वेतपत्रमा अहिले धेरै प्रश्न उठेको गोकर्ण रिसोर्टको सम्झौता अवधिबारे पनि उल्लेख गरिएको छ । गोकर्णमा थप ४८ कोठा र ४०० जना अट्ने सभाहल निर्माण गर्ने गरी नयाँ भाडादर तोक्ने र लिज अवधि पनि ३० वर्ष थप गर्ने प्रस्ताव सुभिर ब्रदर्सले १० वैशाख २०७६ मा नेपाल ट्रष्टको कार्यालयमा दर्ता भएको थियो ।
त्यसआधारमा ट्रष्टले सबै प्रक्रिया पूरा गरेर ‘स्वतन्त्र निकायबाट फेयर मार्केट भ्यालू’ निर्धारण गर्दा सुभिर ब्रदर्सले प्रस्ताव पेश गर्दा प्रस्तावित भाडादरभन्दा बढी देखिएको श्वेतपत्रमा उल्लेख छ । नेपाल ट्रष्टले पत्र लेखेर परिमार्जित भाडादर प्रस्ताव गर्न भनिएको र फेयर मार्केट भ्यालूभन्दा बढी भाडादर प्रस्ताव गरेकाले लिज अवधि थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको थियो ।
त्यसपछि मन्त्रिपरिषद्ले २३ मंसिर २०७६ मा २५ वर्षका लागि लिज अवधि थप्ने निर्णय गर्यो ।
फेयर मार्केट भ्यालू निर्धारण गर्दा कति भाडादर आएको थियो ? सुभिर ब्रदर्सले प्रस्ताव गरेको भाडादर कम भएपछि किन अरुसँग पनि प्रस्ताव माग गरिएन भन्ने श्वेतपत्रमा उल्लेख छैन । लिज अवधि थपको सबै प्रक्रिया अगाडि बढाउँदा नेपाल ट्रष्टका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली थिए भने अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल थिए । यो पनि श्वेतपत्रमा उल्लेख छैन ।
लिज अवधि थप गर्दा पुरानो सम्झौताभन्दा बढी पैसा आउने भएको, अप्रत्यक्ष लाभ हुने भन्दै आफ्नो निर्णयको भने बचाउ गरिएको छ ।
श्वेतपत्रमा यती समूहको थामसेुर्क ट्रेकिङले लिजमा लिएको ताहाचाल र दरबारमार्गको जग्गाबारे पनि उल्लेख छ ।
श्वेतपत्र अनुसार तत्कालीन नेपाल ट्रष्टका संरक्षक स्व. प्रधानमन्त्री सुशील कोइराला र ट्रस्टका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको २८ साउन २०७१ को बोर्ड बैठकले कमलादी, हेटौंडा, ताहाचाल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा भाडामा दिने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो ।
दरबारमार्गको जग्गा थामसेर्कुले लिजमा पायो । थामसेर्कुको प्रस्ताव स्वीकृत गर्दा ट्रष्टको संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि रहेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कुलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनादर्न शर्मा अध्यक्ष भएको बताइएकाे छ । अनलाइन खबरबाट