logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओली काेइराला भेट, यस्तो छ आन्तरिक छलफल


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

सत्तारुढ दल नेकपा भित्र आन्तरिक द्वन्द्व बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले हिजाु कांग्रेस का बरिस्ठ नेता डा. शेखर काेइरालासंंग अर्थपुर्ण भेट गरे ।

प्रम ओलीसँगको भेटपछि काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पछिल्लो राजनीतिक घटनाक्रमबाट सशंकित रहेको देखिएको बताए । उनले भनेका छन्, ‘उहाँलाई अलि बढी चिन्तित पाएँ, खासगरी स्थिरताको विषयमा । हुन पनि हाम्रो देशमा दुईतिहाइ बहुमत लिएर बिपी कोइरालाको सरकार बन्दा पनि राजनीति स्थिर भएन । ०४८ पछि गिरिजाप्रसाद कोइराला नेतृत्वको बलियो सरकार पनि ढल्यो । अहिले पनि दुईतिहाइ सरकार छ, तर अस्थिरताको आशंका छ ।

यही परिवेशमा उहाँले मलाई बोलाउनुभएको हो । मसँग मात्र कुरा गरेर के गर्ने, तपाईंले पार्टी सभापति (शेरबहादुर देउवा)जीलाई पनि भेट्नुस्, कुरा गर्नुस् भनेँ । उहाँले ‘भेटेको छु, अस्ति पनि भेटेँ । तर, म मात्र होइन, हाम्रै सचिवालयका साथीहरूले पनि भेटेका छन् । सूचना त मसम्म पनि आइपुग्छ नि’ भन्नुभयो ।

उहाँले खासगरी राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने विषयमा पार्टीभित्र भएको विवादको प्रसंग उठाउनुभयो । त्यसमा तपाईंको धारणा के छ भनेर उहाँले मलाई सोध्नुभएको थियो । मैले भनेँ– कसलाई मनोनयन गर्ने भन्ने विषयमा हाम्रो भनाइ केही छैन । सरकारले सिफारिस गर्ने हो, राष्ट्रपतिले मनोनयन गर्ने हो । तर, कुनै व्यक्तिका नाममा संविधान चलाउन पाइँदैन । त्यसले विकृति–विसंगति ल्याउँछ, जसलाई हामीले थाम्नै सक्दैनौँ । त्यसैले त्यो बाटोमा नलागौँ । तर, त्यो कुरा हाम्रा साथीहरूले बुझेनन् भन्नुभयो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार