logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मिश्र बिरुद्ध गालि बेइजतीकाे मुद्दा दिन अदालत पुगे बास्काेटा


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

७० कराेड कमिसन मागेकाे अडियाे सार्वजनिक भएपछि पदबाट राजिनामा दिएका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् ।

आफुमाथि अन्याय भएको र् आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् ।

सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार