logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धर्म परिर्वतन गराउने गिरोह सक्रिय – कमल थापा


  • रासस
  • शुक्रबार, फाल्गुन १६ २०७६

इटहरी-  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन् ।

मिडिया नेपाल प्रदेश नं. १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा सङ्गठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार