राजनीति
सत्तारूढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयसम्बन्धी विवादले नेकपाभित्र जटिल मोड लिएको छ। विवाद टुंग्याउन विभिन्न तहमा पटकपटक वार्ता भए पनि अझै समझदारी बन्न सकेको छैन बरु बिवादले झन जटिल रुप लिएको छ।
पार्टीको सचिवालयका अधिकांश सदस्यहरू पार्टीको सर्वसम्मत निर्णय लागु हुनुपर्ने पक्षमा देखिएका छन्। सचिवालयले सर्वसम्मत निर्णय गरेको तीन दिन बित्दा पनि प्रधानमन्त्री केपी ओली भने यसलाई कार्यान्वयन गर्न अझै तयार छैनन्।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्न बाध्य नहुने र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएका छन्। उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूले सर्वसम्मत निर्णय कार्यान्वयन नभए यसले दुर्घटना निम्त्याउने चेतावनी दिइरहेका छन्।
संसदमा बलियाे र बहुमतमा रहेपनि प्रधानमन्त्री ओली पार्टीको सचिवालयमा निकै अल्पमत मा देखिएका छन् ।
नौ सदस्यीय नेकपा सचिवालयमा अध्यक्षद्वय केपी ओली काे पक्षमा बर्तमान सरकार का उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पाेखरेल छन भने यता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ पक्षमा रहेका छन् ।
बालुवाटारमा गत फागुन १४ गते बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीसमेतको उपस्थितिमा अर्थमन्त्री युवराज खतिवडाको नाममा वामदेवलाई राष्ट्रियसभा पठाउने सर्वसम्मत निर्णय गरेको थियो।