logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

साविकको लेखनाथको वडा भवन र जग्गा दिने निर्णय प्रति काँग्रेस वडा अध्यक्षको विरोध


  • राजनिती न्युज डेस्क
  • शनिबार, फाल्गुन १७ २०७६

पोखरा – पोखरा २७ मा रहेको साविक ३७ रोपनी जग्गा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णय गरिएको भन्दै  पोखरा महानगरपालिका  भित्रका काग्रेस भित्रका जननिर्वाचित ११ जना वडा अध्यक्षले वि’रोध जनाएका छन् ।

वडा अध्यक्षहरूका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले आज विज्ञप्ती जारी गर्दै कार्यपालिकाको ३६ औं बैठकमा निर्णय भएको र महानगरपालिकाले फागुन ११ मा सम्झौता भएको भन्ने विषयमा उक्त निर्णय प्रति आँफूहरूको ध्यान गम्भीर रुपमा आ’कृष्ट भएको उल्लेख गरेका छन् ।

पोखरा महानगरपालिकाको २०७६ फागुन २ गते शुक्रबार बसेको ३६ औं कार्यपालिका बैठकमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सो सम्बन्धी एजेन्डा प्रस्तुत गरेका र त्यस सम्बन्धमा वडा नं २७ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य पूर्णकुमार गुरुङले तत्कालै उठेर यो विषय लेखनाथवासी जनतालाई नसोधी निर्णय गर्नु हुँदैन भन्ने विचार राख्दा उक्त समयमा प्रमुखले लेखनाथवासी जनतासँग छलफल गरेर निर्णय गर्ने भनिसकेको अवस्थामा कसरी निर्णय भयो त्यो बुझ्न नसकिएको विज्ञप्तीमा उल्लेख छ ।

सर्वसम्मत निर्णय नभएको भन्दै विज्ञप्तीमा सो निर्णय तत्काल सच्याई लेखनाथवासीको भावनाको अपनत्व हुने गरी निर्णय गर्न माग गरिएको छ ।

यस्तो गम्भीर विषयमा आँफूहरूसँग कुनै छलफल नै नगरी एकलौटी ढंगबाट एजेन्डा प्रस्तुत भएको र यस सम्बन्धमा लेखनाथवासीसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्छ भन्दा भन्दै पनि एकतर्फी निर्णय गर्नु सरासर गलत नि’यतबाट आएको लामिछानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार