logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

सहिदका वुवाले भने ‘ हामी क्रान्तिको झोला बोक्न तयार छौ’


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिले स’हिद सप्ताहको चौथो दिनमा जनक्रा’न्तिका महान् सहिद एवम् राज्यद्वारा बे’पत्ता योद्धा परिवारहरूको उपस्थितिमा स’हिद सप्ताह  शानदार रूपले मनाएको छ । कार्यक्रममा सम्पूर्ण स’हिद–बे’पत्ता योद्धाका परिवारजनलाई नेकपाले अभिनन्दन पनि गरेको छ ।

जिल्ला सेक्रेटरी शेरमानले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज जुझारु थिए भने लुम्बिनी ब्युरो सदस्य सुनिल अतिथि थिए । सञ्चालन पावेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष, स’हिद तथा बेपत्ता परिवार सङ्गठन नेपालका लुम्बिनी ब्युरो सदस्य जया पौडेललगायत अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमका वक्ताहरूले स’हिद तथा बेपत्ता यो’द्धाहरूको सपना पूरा नभएको बरु तत्कालीन मुख्य नेतृत्वले धोका दिएकाले अब एकीकृत जनक्रा’न्तिमार्फत ती अधुरा सपना पूरा हुने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जुझारुले ०५२ सालमा मुक्तिकालागि भनेर क्रा’न्तिको जुन झन्डा उठाइएको थियो त्यसकालागि अझै पनि निरन्तर लागिपरेको बताए । उनले भने, ‘०५८ सालमा आ’तङ्ककारी विधेयक पास गर्न सघाउने एमालेसँग पार्टी एकता गरेर प्रचण्डले आफू प्रतिक्रा’न्तिको नाइके भएको स्पष्ट पारेका छन् । बाबुराम उपेन्द्रको टाङमुनि छिरेर गैरकम्युनिस्ट कित्तामा खडा भएकाले जनतालाई को ठीक को बेठीक भन्ने छुट्ट्याउन सजिलो भएको छ ।’

राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष सुनिलले वैज्ञानिक समाजवाद स्थापना गरेर मात्रै स’हिदका सपना र जनता तथा राष्ट्रको आवश्यकता पूरा हुने बताए । उनले एकीकृत जनक्रा’न्तिमा प्रतिबद्ध हुन र साथ दिन स’हिद परिवार तथा बे’पत्ता परिवारलाई आह्वान गरे ।

कार्यक्रमका अध्यक्ष जिल्ला पार्टी सेक्रेटरी शेरमानले आफ्नो वर्गको मुक्तिकालागि एकताबद्ध भएर ल’ड्नुको विकल्प नभएको बताए । उनले यही बाटोबाट मात्र सहिदको बलि’दानीको लक्ष्य पूरा हुने पनि प्रस्ट पारे ।

वक्ता पौडेलले भनिन्, ‘मेरो जीवनसाथी जुन उद्देश्य लिएर सहिद हुनु भएको थियो त्यो जुनकुनै हालतमा पूरा गहुन्छ । आवश्यक परे म पनि बलि’दान दिन तयार छु ।’

वक्ताले हिजो क्रा’न्ति सिध्याउन गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको भूमिका आज प्रचण्डले र हिजो खुमबहादुर खड्काले निर्वाह गरेको भूमिका आज रामबहादुर थापा बादलले निर्वाह गरेको पनि बताए । वक्ताहरुले आफ्ना परिवारजनले केका लागि स’हादत प्राप्त गरेका थिए, त्यसलाई सार्थक बनाउन गम्भीर भएर सोच्नुपर्ने उनीहरुको भनाइ थियो । उनीहरुले भने, ‘आज सहि’दको नाम बेचेर दलाली गरेको देखिएको छ । तिनले जनयु’द्धको मूल मर्म र उद्देश्य छाडिसकेका छन् । एमालेले कहिल्यै जनयु’द्ध दिवस नमानेको र स’हिद परिवारले काङ्ग्रेसलगायत अरू पार्टीको झन्डा बोक्ने अवस्था उत्पन्न हुुनु लज्जा’स्पद भएको वक्ताको धारणा थियो ।

कार्यक्रममाअनुभूति राख्दै सहिद रेखबहादुर थापाकाबुवा भेबहादुर थापाले दलाल राज्यले स’हिद प्रतिष्ठानमाथि अनावश्यक दुःख दिएको बताए । उनले सम्पूर्ण स’हिद परिवार एक हुनुपर्ने धारणा राख्दै आवश्यकताअनुसार फेरि पनि क्रा’न्तिको झोला बोक्न आफूहरू तयार भएको बताए ।

अनुभूति राख्ने क्रममा सहिद राजशङ्करकी आमाले आफू पनि आवश्यक परे ब’लिदान दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले तर अन्यत्र नजाने र आफ्नो घरमा बस्दा सधैँ पार्टीलाई सम्झने गरेको पनि बताइन् । उनी सहा’दतअघि छोराले भनेको कुरा स्मरण गर्दै भावविह्वल बनिन् । उनले हिजो जनयु’द्धकालमा नेताहरूले दिएको आश्वासन र ढाडसको स्मरण गराउँदै भनिन्, ‘लाखौँ क्रा’न्तिकारी छोराछोरी बनाउने अभियानमा छौँ। एउटा छोराको चिन्ता नलिनुस् भन्ने नेताहरू आज सत्तामा पुगेपछि स’हिद र तिनका सपनालाई बिर्सिए ।’

यसैबीच लुम्बिनी पार्टी ब्युरोले सहिद तथा बे’पत्ता अध्यक्ष कोष स्थापना गरेको छ । कोषमा ब्युरो पार्टीबाट ४ लाख ७५ हजार जम्मा भएको जानकारी दिइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार