राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध दलित मुक्ति मोर्चा पाल्पाको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । पाल्पाको तानसेन नगरपालिकामा सम्पन्न भएको सम्मेलनले निशानको अध्यक्षतामा जिल्ला समिति चयन गरेको हो ।
सम्मेलनमा नेकपा पाल्पाका इन्चार्ज पुर्ण बहादुर सिंह ‘प्रविन’ ले सामाजिक क’लङ्कका रुपमा रहेको जातीय विभेदको संरक्षण दलाल संसदीय व्यवस्थाले गरेको बताए । उनले दलाल पुँजीवादी राज्य व्यवस्थामा दलित समुदाय माथिको उत्पीडन अझ गहिरो हुँदै जाने भन्दै त्यसका वि’रुद्ध नि’र्मम स’ङ्घर्ष जरुरी भएको बताए । नेता प्रविनले दलित समुदायको मु’क्ति वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव हुने भएकोले सम्पूर्ण उत्पीडित दलित समुदाय एकीकृत जनक्रा’न्तिको झण्डामुनि एकीकृत हुनुपर्ने बताए । उनले जातीय स’ङ्घर्षलाई बर्गस’ङ्घर्षसँग जोडेर मात्र दलित जातिको मुक्ति सम्भव हुने बताए । उनले उत्पी’डितले उत्पी’डक वि’रुद्ध निर्म’म सं’घर्ष गर्नु पर्ने धारणा राखेका छन ।
मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक जितबहादुर रसाइलीले दलित जातिको मु’क्तिका लागी सम्पूर्ण उत्पी’डित दलितहरु एकीकृत जनक्रा’न्तिमा जोडिनुपर्ने भन्दै गाउँ–गाउँमा वि’भेद वि’रुद्धको संघ’र्षलाई तीव्र पार्नुपर्ने बताए । सम्मेलनमा जिल्ला सेक्रेटरी विजी, जिल्ला जनपरिषद्का प्रमुख नेपाल, युवा संगठन नेपालका पाल्पा अध्यक्ष लिला, अखिल (क्रा’न्तिकारी)का केन्द्रीय सदस्य शारदा, अखिल (क्रा’न्तिकारी)का जिल्ला अध्यक्ष लङ्क, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष माक्र्सबा, स’हिद परिवारको तर्फबाट समिर विक लगायत जिल्लाका विभिन्न दलित संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा जिल्लाभरिबाट प्रतिनिधि, पर्यवेक्षक तथा दलित समुदायको उपस्थिति रहेको थियो । सम्मेलनले निशानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले जिल्लाभरि संगठन विस्तारलाई ती’व्रता दिने, राजनीतिक वैचारिक तथा सं’घर्षका कार्यक्रमलाई ती’व्रता दिने, जातीय विभेद तथा असमानता विरुद्धको संघर्षलाई जिल्लाभरि संचालन गर्ने, दलित जातिको मु’क्तिबारे विभिन्न अन्तरक्रियालाई स्थानीय स्तरसम्म संचालन गर्ने, देशभक्त, क्रा’न्तिकारी अथवा उत्पी’डित दलित मु’क्तिको पक्षमा क्रियाशील विभिन्न संघसंस्थाहरुसँग कार्यगत एकता वा संयुक्त मोर्चा बनाएर स’ङ्घर्षलाई तीव्रता दिने निर्णय समेत गरेको स्रोतले बताएको छ ।