logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

महरालाई अंगालाे हाल्दैै राेए दाङबासी, गरे भब्य स्वागत


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

अदालतबाट आफुमाथि लागेकाे ब’लात्कार प्रयास अ’भियाेगबाट सफाइ पाएपछि पहिलाे पटक गृहजिल्ला दाङ पुगेका तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई जनताकाे न्यानाे माया भावुक एव मन छुने खालकाे थियाे ।स्वागतका क्रममा जनताले मन थाम्न सकेनन न त महरा सरले नै । यसले देखाउथ्याे महराप्रति जनताकाे माया र जनताप्रति महराकाे ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा नागरिक अभिनन्दन गरिएको छ । बंगलाचुली जाने क्रममा महरालाई स्वतस्फूर्तरुपमा विभिन्न १० स्थानमा अभिनन्दन गरिएको थियो ।

त्यसक्रममा सर्वसाधारणहरुले आफूले जिताएर पठाएको अभिभावकलाई षडयन्त्रमा फसाएकोमा चिन्ता लागेको बताउँदै अब आफ्नो सामु पाउँदा हर्ष लागेको बताएका थिए । अब आफ्नो अभिभावक पाएपछि खुशी भएको बताउँदै जिल्लाको समग्र विकासका लागि हिजोजस्तै अब पनि प्रयास गर्न महरालाई आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार