logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्तारुढ दलको बैठक बस्दै , प्रचण्ड र ओलीको यस्तो तयारी


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा सत्त सचिवालय बैठक आज बस्ने तय भएको छ । अहिले बिहान साढे ११ बजे सचिवालय बैठक तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

१४ फागुनको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने सर्वसम्मत पार्टी निर्णय प्रधानमन्त्रीले अटेर गर्ने बताएपछि नेकपाभित्र विवाद बढेको थियो ।

यही विवाद निरुपणका लागि नेताहरुले फेरि प्रधानमन्त्रीलाई आफ्ना कुरा सचिवालयमा राख्न गरेको आग्रह पछि आज सचिवालय बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

‘पार्टी नेतृत्वले अहिलेको संवेदनशीलता र जिम्मेवारी पूर्ण रूपमा बुझेको छ । विश्वास छ, आज बस्ने सचिवालय बैठकले सबै समस्याको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानेछ ।’ केन्द्रीय सदस्य रिजालले भने । सचिवालय बैठक अगाडी नेताहरुका बीचमा आपसी भेटघाट तिव्र भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग सम्वाद गरेका छन् । उता प्रचण्डले पनि नेताहरुसँग छलफल गरेको स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार