logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बाँस्कोटालाई यथास्रिघ्र कार्वाही हाेस् : सभापति देउवा


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानविन नहुनुले सरकारको दुषित रहेको देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै देउवाले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’

उक्त अडियोको छानबिन हुनुपर्ने देउवाले माग गरे । घुस प्रकरणमा मुछिएका सरकारका बहालवाला मन्त्रीविरुद्ध छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए । देउवाले प्रश्न गरे, ‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’

देउवाले नेपाल टष्ट्रले जारी गरेको स्वेतपत्रले भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न खोजेको बताएका छन् ।

बाँस्कोटाको अडियो प्रकरण, गोकर्ण रिसोर्ट, नेपाल टेलिकम प्रकरणका भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न स्वेतपत्र जारी गरिएको उनले आरोप लगाए ।

आफू प्रधानमन्त्री भएको बेला आफ्नोे प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै देउवाले राजनीति पूर्वाग्रहले आफ्नो नाम जोडिएको भन्दै उनले आपत्ति जनाए । ‘राजनीतिक पूर्वाग्रहबस मेरो नाम जोड्ने षडयन्त्रप्रति मेरो आपत्ति छ’ देउवाले भने । रक्षामन्त्री ईश्वर पाेखरलले सरकारकाे तर्फबाट स्वयत पत्र जारी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार