logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

यी हुन कार्यकर्ताकाे नि’सानामा परेका नेता, जु’त्ता देखि थ’प्पडसम्म हेर्नुस् एक दृश्य


  • राजनीति
  • सोमबार, फाल्गुन १९ २०७६

नेपाली राजनीतिक काे इतिहासमा पछिल्लो समय नेताहरुमाथि आफ्नै कार्यकर्ताहरुले नेताहरु प्रति चरम आक्रोश पोख्न थालेका छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, सुशील कोइराला (दीवंगत), बाबुराम भट्टराईदेखि मा’ओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा कार्यकर्ताहरुले नै आ’क्र’मण भइसकेकाे छ ।

प्रचण्ड नेकपा अध्यक्ष 

आइतबार राजधानिमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जु’त्ता प्र’हा’र भयो । राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधनका बेला सहिद का छाेरा जुम्ला सिंजा २ निवासी रतन तिरुवाले जु’त्ता प्र’हा’र गरे ।

प्रचण्ड तत्कालीन एकीकृत मा’ओवा’दी अध्यक्ष भएका बेला २०७० मंसिर १ गते बाग्लुङ का पदम कुवरले प्रचण्डलाई थ’प्पड हाने ।

झलनाथ खनाल

२०६७ साल माघ ७ गते तत्कालिन नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झा’पड हा’नेका थिए ।

सुशील काेइराला 

२०६८ सालमा कांग्रेस सुभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आ’क्र’मण गरेका थिए ।

डाक्टर बाबुराम भट्टराई

२०७३ मंसिर २३ गते नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई पनि जुत्ता प्रहार गरियो । पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जु’त्ता प्र’हा’र गरेका थिए ।

डाक्टर रामसरण महत

नेपाली कांग्रेस का केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री रामसरण महतले पनि आफ्नै कार्यकर्ता बाट जुत्ता खाएका थिए कांग्रेसले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै गर्दा एक युवाले उनिमाथि जु’त्ता हा’ने’का थिए ।

रामचन्द्र पाैडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पनि २०५१ सालमा संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जु’त्ता प्र’हा’र गरेका थिए ।

पुर्ण बहादुर खड्का 

१५ जेठ २०६५ मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्प’ल प्र’हा’र गरेकी थिइन् ।

झक्कु सुवेदी 

२०६८ साल बैशाख २० गते तत्कालिन मा’ओवा’दी सभासद् झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झा’प’ड हानेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार