राजनीति
१० वर्षे जनयु’द्धको दौरानमा जिवन उत्सर्ग गर्नेहरुको स्मरणमा प्रत्येक फागुन १४ देखी २१ सम्म पर्ने स’हिद सप्ताहको मनाउने गरिन्छ । सोही अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । सहिद सप्ताह सुरु हुने दिन फागुन १४ गते सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सहिदहरुले देखाएको बाटोमा निरन्तर लामबद्ध भएको सन्देश सहित स’हिद वे’पत्ता यो’द्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका थिए ।
स’हिद सप्ताहको अवधि सकिनै लाग्दा श’हिद तथा वे’पत्ता यो’द्धाका परिवारहरुले पनि विप्लवलाई खुट्टा न’कमाउन र जनयु’द्दका मुख्य मूल्य, मान्यतामा अडिक भएर उदेश्य पुरा नहुदा सम्म निरन्तर अघि बढिरहन र विजयी बन्न शुभकामना सन्देश दिएका छन् ।
स’हिद सप्ताहको अवसरमा नेकपा कास्कीले रुपा, मादी र महानगर क्षेत्रमा विभिन्न ठाँउमा आयोजना गरेको कार्यक्रममा बोल्ने स’हिद तथा वे’पत्ता यो’द्धाका परिवारहरुले विप्लवलाई यस्तो सन्देश पठाएका हुन् ।
कास्की जिल्लाबाट जनयु’द्धमा बलि’दान गर्ने स’हिद तथा बे’पत्ता परिवारलाई एकी’कृत गर्दै नेकपा कास्कीले साताब्यापी कार्यक्रम गरेको थियो । स’हिद तथा बे’पत्ता परिवारका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा नेकपाका ब्युरो र जिल्ला स्तरिय नेताकार्यकर्ताहरुले स’हिदहरुका सपना पुरा गरेरै छोडने विश्वास ब्यक्त गरे ।

साथै स’हिद परिवारहरुले स’हिद, बेपत्ता माथी राज्यले गरेको क्रियाकलापको निन्दा समेत गरेका थिए । नेपालमा बहुमत प्राप्त कम्युनिस्ट सरकार भए पनि र सत्तामा जनयु’द्धका कमान्डर नै रहेतापनि स’हिद तथा बेप’त्ताहरुको सपनालाई झन् तु’हाउने बाटोमा हिडेको भन्दै दुःख ब्यक्त गरेका थिए ।
सरकारद्धारा प्रतिबन्धको सामना गर्नुपरेको विप्लव नेतृत्वको नेकपाले स’हिद र वे’पत्ता यो’द्धाका परिवारहरुलाई भेला गरेर चुनौतिकाबीच कार्यक्रम गर्नुपर्ने अवस्था देखेपछि स’हिद तथा बे’पत्ता परिवारले कम्युनिस्ट सरकारकै पालामा कम्युनिस्टलाई प्रतिबन्ध लगाएको भन्दै खेद प्रकट गरेका थिए ।
कार्यक्रममा कास्की जिल्ला सेक्रेटरी बिजयले स’हिद बे’पत्ता परिवारलाई दोसल्ला सहित सम्मान गरेका थिए । जिल्ला सेक्रेटरी विजयले आफ्नो भनाई राख्दै स’हिद बे’पत्ताको सम्मान र उहाँहरुले देखाएको बाटोमा दृढतापूर्वक अबिचलित भएर लाग्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा निकै भावुक र आक्रोशीत बनेका श’हिद र बे’पत्ता यो’द्धाका परिवारले आफ्ना आफन्तहरुको हड्डि सम्म भएपनि खोजी गरियोस भने ।
यस्तै अखिल क्रा’न्तिकारी कास्कीले पनि स’हिद सप्ताह कार्यक्रम अनुरुप कास्की जिल्लामा रहेको स’हिद स्मृति उच्च माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरेको छ । बिद्यार्थी नेता प्रकाश बास्तोलाको अध्यक्षतामा ब्युरो इन्चार्ज बद्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ्ग, बिद्यालय प्र.अ.मन्जु बिद्यालयका शिक्षक, शिक्षिका र बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, खेलकुद सामग्री साथै फलफुल बितरण गरिएको थियो ।
