logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१८ जना राष्ट्रियसभा सदस्यको सपथग्रहण आज हेर्नुस् (नामावली सहित)


  • पत्रपत्रिका
  • बुधबार, फाल्गुन २१ २०७६

राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यले आज (बुधबार) पद तथा गोपनीयताको श पथ लिँदै छन्।

गत माघ २४ गते गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा शपथ लिने भएका हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल यही फागुन २० अर्थात् हिजो मंगलबारबाट सकिएको छ। त्यही रिक्त स्थानमा पद पूर्तिका लागि माघ २४ गते निर्वाचन गरिएको थियो।

पहिलोपटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो। जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको हो।

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ। राष्ट्रिय जनता पार्टीले दुई सिट जित्दा अन्य दलले कुनै पनि स्थानमा विजय हासिल गर्न सकेनन्।

१९ सदस्यमध्ये १ जना भने राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ।

जसमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई लाने निर्णय नेकपा सचिवालय बैठकले गरिसकेको छ।

तर यसमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले भने असहमति जनाइरहेका छन्।

यी हुन् आज शपथ लिने १८ सदस्य
इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर।

यी हुन् कार्यकाल सकिएका १९ सदस्य
कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवान, विन्दादेवी आले राना, वृषेशचन्द्र लाल, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे र हरिचरण शिवाकोटी।-नेपाल खबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार